‘ओलीले चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु’ -प्रचण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘ओलीले चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु’ -प्रचण्ड


२३ आश्विन २०७८, शनिबार


परासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकाली दिने चेतावनी दिएका छन्।

पार्टी र आफूलाई धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको बताउँदै उनले फेरि पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका हुन्।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका उनले भने, ‘ओलीको घमन्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो। २र४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिँदै छ। अब पनि चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु।’

Tags :
प्रतिक्रिया दिनुहोस