एभरेष्ट प्रिमियर लिगको उपाधि चितवन टाइगर्सलाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एभरेष्ट प्रिमियर लिगको उपाधि चितवन टाइगर्सलाई


२३ आश्विन २०७८, शनिबार


काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो ।

चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ ।

उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ । पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए ।

मोहमद साहजदले ११ रन जोड्दा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहदा सेकुग्गे प्रसन्न १ रनमा अविजित रहे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए ।

कप्तान विनोद भण्डारीले २२ रन बनाए । किशोर महतो १ रनमा अविजित रहे ।

विवेक यादव ४, रित गौतम २, सहन अर्चाचिगे २ बिक्रम सोब १ रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । उनले मात्र २० रन खर्चिए ।

यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा १/१ विकेट रह्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस