पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना पुष्टि, ११ को मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना पुष्टि, ११ को मृत्यु


२३ आश्विन २०७८, शनिबार



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १२ हजार ३१ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ७ सय ६० जना संक्रमित भेटिएका हुन। यस्तै पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

बितेको २४ घण्टामा ८ सय ९९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन् भने हाल देशभर १५ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस