जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने « प्रशासन
Logo ९ कार्तिक २०७८, मंगलबार
   

जर्मनीका विद्यालय सामान्य अवस्थामा फर्किने


२३ आश्विन २०७८, शनिबार


बर्लिन । जर्मनीका विद्यालयहरु अव चाडै नै सामान्य अवस्थामा फर्किने भएका छन् ।

देशभरका सबै विद्यालयहरुमा अब पूर्ववत् अवस्थामा झैँ अध्ययन अध्यापनको कार्य हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको डेल्टा भेरिएन्ट फैलिएपनि विद्यालय सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा तथा संस्कृति मामिला मन्त्रीले शुक्रबार बताए ।

‘कोरोनाभाइरसको महामारी र अध्ययन अध्यापन कार्यका बीचमा तालमेल मिलाएर लैजानुपर्ने भएको छ, लामो समयसम्म यस्तै अवस्था गराइरहन सकिँदैन,’ उनले भने ।

उनले विद्यार्थीहरूको कोरोना परीक्षण पनि तीव्र र निरन्तर रुपमा भइरहेको पनि जानकारी दिए ।

देशमै पहिलो पटक सरल्याण्ड प्रदेशका विद्यालयहरुमा गत हप्ता नै प्रतिवन्धात्मक व्यवस्थाहरु खुकुलो बनाइएको छ ।

त्यसै गरी बाभारीया र बर्लिनमा पनि मास्क लगाउनुपर्ने लगायतका केही मापदण्ड पालना गरी अन्य कुरामा सजिलो बनाइएको छ ।

जर्मनीमा अहिले दैनिक औसतमा ३०० का दरले कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस