सरकारमा महत्त्वपूर्ण साथी छुटे, आगामी दिनमा समेटिनेछन् : प्रधानमन्त्री देउवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारमा महत्त्वपूर्ण साथी छुटे, आगामी दिनमा समेटिनेछन् : प्रधानमन्त्री देउवा


२३ आश्विन २०७८, शनिबार


काठमाडौँ । काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्दा महत्त्वपूर्ण नेताहरू छुटेका बताएका छन् ।

‘हिजो मात्र हामीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छौँ’, स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा उनले भने ‘आगामी दिनमा साथीहरूलाई समेटिनेछ ।’

प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि देउवाले हिजो (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए तर राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भय बढेको छ ।

प्रधानन्यायाधीश जबराका जेठान तथा गैर सांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले गम्भीर आपत्ति जनाएका छन् ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरका अनुसार पुस्तकमा १०८ लेख संग्रहित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस