देउवा खराब थिए, खराब रहने पक्का भयो : संविधानविद् भीमार्जुन आचार्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देउवा खराब थिए, खराब रहने पक्का भयो : संविधानविद् भीमार्जुन आचार्य


२३ आश्विन २०७८, शनिबार


काठमाडौँ । संविधानविद् डा. भीमार्जुन आचार्यले हिजो (शुक्रबार) को मन्त्रिपरिषद् विस्तारको घटना दुखद् र आपत्तिजनक रहेको बताएका छन्।

आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पहिलेको मन्त्रिपरिषद् मुलुकका लागि ठिक थिएन भन्दै यी दुवै मन्त्रिपरिषद् मुलुकका लागि खराब रहेको बताए।

‘यी दुवै मन्त्रिपरिषद् खराब थिए, खराब नै रहने भए,’ आज (शनिबार) बिहान ट्विटरमा लेख्दै आचार्यले भनेका छन्।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सिफारिसमा गजेन्द्र हमाललाई मन्त्री बनाएका थिए। नातामा पर्ने व्यक्ति र गैर सांसदलाई प्रधानन्यायाधीशको सिफारिसमा मन्त्री बनाइएको विषयमा आलोचना भइरहेको छ।

आचार्यले भनेका छन्, ‘देउवा खराब थिए, खराबै रहने पक्का भयो। परमादेशसँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो। जसरी गरेका हुन्, गरेकै देखियो।’

तर, इजलासमा अरू चार जना पनि थिए, उनीहरूले कुनै पदक वा भाग पाएको सुनिएन भन्दै आचार्यले भनेका छन्, ‘के देउवा वा न्यायालयको कुनै एक पात्रको कुकर्मले बाँकी सबै दोषी हुन्छन् ?’

Tags :
प्रतिक्रिया दिनुहोस