न्याय खोज्दै पैदल काठमाडौँ आएको टोली धर्नास्थलबाटै पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्याय खोज्दै पैदल काठमाडौँ आएको टोली धर्नास्थलबाटै पक्राउ


२३ आश्विन २०७८, शनिबार


काठमाडौँ । घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलालाई न्याय माग्दै नेपालगन्जबाट पैदल काठमाडौँ आइपुगेको टोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको पीडा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थलबाटै पक्राउ गरिएको हो । माइतीघर मण्डलमा धर्ना दिइरहेका १४ जनाको टोलीलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

खाना खाइरहेका र सुतिरहेका धर्नाकारीहरुलाई प्रहरीले जबरजस्ती उठाएर भ्यानमा हाली लगेको हो । तर प्रहरीले भने चाडबाडका बेला माइतीघरमा सुतिरहेको र त्यहाँबाट हट्न नमानेकाले सुरक्षित ठाउँमा सारिएको तर्क गरेको छ ।

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको र दोषी पत्ता लगाउन कुनै चासो नदिएको भन्दै १४ जनाको टोली न्याय माग्दै नेपालगन्जबाट हिँडेरै काठमाडौँ आएर धर्नामा बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस