कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु


२३ आश्विन २०७८, शनिबार


कञ्चनपुर । बेलौरी नगरपालिका-१ बैशाखीका ३२ वर्षीय रकमबहादुर शाहीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

बेलौरी कलुवापुर राजमार्गको मैनाहामा हिजो (शुक्रवार) साँझ मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा इशासन मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

रकमसँगै मोटरसाइकलमा सवार नमराज शाही घाइते भएका छन्। उनको उपचार भइरहेको छ। रकम नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घका जिल्ला सदस्य हुन्। सङ्घको जिल्ला बैठकमा सहभागी भई घर आउने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस