काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा लड्ने महामन्त्री डा.कोइरालाको घोषणा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा लड्ने महामन्त्री डा.कोइरालाको घोषणा


२३ आश्विन २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औँ महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका गरेका छन् ।

काँग्रेस सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले आफूले काँग्रेस केन्द्रीय सभापतिमा लड्ने घोषणा गरेका हुन्।

कोइरालाले सभापतिमा निर्वाचित भएपछि पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्ने दाबी समेत गरेका छन् । साथै उनले युवाहरूलाई कृषिमा आकर्षण बढाई आधुनिक ढङ्गले कृषि क्रान्ति गर्न पहल गर्ने बताए ।

उनले मेलम्चीमा गएको बाढी पहिरोको ध्यानाकर्षण भएको र सरकार र पार्टीलाई यस ठाउँमा राहतका साथै छिट्टै पुल बनाउन दबाब दिने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, जिल्ला सभापति विकास लामाले शुभकामना दिँदै ९९ वडामा सम्पन्न भैसकेको र बाँकी ४ वटा वडामा दशैंलगत्तै अधिवेशन गर्ने जानकारी दिए ।

शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम क्षेत्रीय सभापति आइतमान तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने नेविसंघका क्षेत्रीय अध्यक्ष दिपेशराज खनाल ले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रदेश संसद् निमा लामा ,प्रदेशसभा का उम्मेदवार बिकास तामाङ ,गाउँपालिका राष्ट्रिय महासङघका महासचिव एवम् इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ पुर्वसभापती भुपेन्द्र थापा,उपसभापति शिव सुनार,सचिब बिल बहादुर तामाङ ,महासमिति सदस्य गङ्गा चापागाईं महाधिवेशन प्रतिनिधि महिला नेतृ जमुना मोक्तान लगायत ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस