ह्वाइट हाउसका कागजात उपलब्ध नगराउन गरेको ट्रम्पको आग्रहलाई बाइडेनले गरे अस्विकार « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ह्वाइट हाउसका कागजात उपलब्ध नगराउन गरेको ट्रम्पको आग्रहलाई बाइडेनले गरे अस्विकार


२३ आश्विन २०७८, शनिबार


काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद् भवनमा भएको आक्रमणबारे जारी छानबिनमा ह्वाइट हाउसका गोप्य कागजात उपलब्ध नगराउन गरेको आग्रहलाई राष्ट्रपति जो बाइडेनले अस्विकार गरेका छन् ।

गत जनवरी ६ तारिखमा अमेरिकाको संसद् भवन क्यापिटल बील्डीङमा ट्रम्पका समर्थकहरुले आक्रमण गरेका थिए ।

उक्त दिन अमेरिकी संसदले राष्ट्रपति निर्वाचनको परिणाम अनुमोदन गर्ने कार्यसूची थियो । राष्ट्रपतिमा बाइडेनको जितलाई रोक्न ट्रम्पले उक्साएपछि उनका समर्थकहरु संसद् भवनमा प्रवेश गरेका थिए ।

सोही घटनामाथि अहिले संसदीय समितिले छानबिन गरिरहेको छ । उक्त समितिले सो दिन राष्ट्रपतिको रुपमा ट्रम्पले गरेका निर्णयहरुसहित ह्वाइट हाउसका सम्पूर्ण कागजात मागिरहेको छ । ट्रम्पले भने आफूले कार्यकारी प्रमुखको रुपमा गरेका निर्णयहरु गोप्य राख्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

तर बाइडेनले उनको मागमा सहमति नजनाएपछि अब ह्वाइट हाउसले सम्पूर्ण कागजात छानबिन समितिलाई सुम्पने भएको छ । जारी छानबिनमा ट्रम्पका पूर्व कर्मचारीसहित केही विश्वास पात्रहरुमाथि उजुरी दर्ता गरिसकिएको छ । छानबिनमा असहयोग गर्नेलाई सिधै जेल हालिने संसदीय समितिको धम्की छ ।

Tags :
प्रतिक्रिया दिनुहोस