गृहद्वारा केही सिडिओको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहद्वारा केही सिडिओको सरुवा


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पूर्णता दिएकै दिन शुक्रवार(आज) गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट केही जिल्लाका सिडिओ हेरफेर गरेको हो ।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय, झापामा कार्यरत कृष्ण बहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ भने सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई जिल्ला प्रशासन कार्यालय पर्सा पठाएको छ । यसै गरी रौतहटका प्रजिअ इन्द्रदेव यादवलाई सुनसरी र गृह मन्त्रालयका उपसचिव सूर्य बहादुर खत्रीलाई बाँके जिल्लाको सिडिओमा सरुवा गरेको छ ।

पछिल्लो केही समययता गृह मन्त्रालयले विभिन्न चरणमा प्रजिअहरुको सरुवा गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस