अफगानिस्तानको कुन्दुज सहरस्थित मस्जिदमा शक्तिशाली बम विस्फोट: ५० मारिए, ९० घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानको कुन्दुज सहरस्थित मस्जिदमा शक्तिशाली बम विस्फोट: ५० मारिए, ९० घाइते


२२ आश्विन २०७८, शुक्रबार


काबुल । अफगानिस्तानको कुन्दुज सहरस्थित एक मस्जिदमा बम आक्रमण हुँदा कम्तीमा ५० जना मारिएका छन् । अरु दर्जनौँ घाइते भएका छन् । शुक्रबार प्रार्थनाको क्रममा सएद अबाद नामको सिया मस्जिदमा बम हमला भएको हो ।

यद्यपि मृतक र घाइतेको यकिन संख्याबारे विभिन्न सञ्चारमाध्यमले फरक(फरक समाचार दिएका छन् । सिएनएनका अनुसार ९० जना घाइते भएका छन् ।बीबीसीले भने कम्तीमा ५० जना मारिएको समाचार प्रसारण गरेको छ ।

घटनाबारे पूर्ण विवरण आइसकेको छैन । मृतकको संख्या बढ्नसक्ने बताइएको छ । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको तालिबान अधिकारीले जनाएका छन् । विस्फोटको अहिलेसम्म कुनै समूहले जिम्मा लिएको छैन ।

यद्यपि अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि सशस्त्र समूह आईएसआईएसका लडाकूले हमला तिब्र पारेका छन् । यसअघि गत साता मात्रै काबुलस्थित एक मस्जिदको मुलगेटमै बम विस्फोट हुँदा चार जना मारिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस