नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौं । शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा १६ मन्त्रीमन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । देउवाले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई शपथ पद तथा गोपनियताको शपथ गराएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस