लुम्बिनीका प्रदेश प्रमुख शेरचनद्वारा तीन विधेयक प्रमाणीकरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लुम्बिनीका प्रदेश प्रमुख शेरचनद्वारा तीन विधेयक प्रमाणीकरण


२२ आश्विन २०७८, शुक्रबार


रुपन्देही । लुम्बिनी प्रदेशका तीन विधेयक आज प्रमाणीकरण भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७८/७९को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र प्रदेश नं ५ प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

गत बुधबार प्रदेशसभाबाट पारित भएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस