मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा


२२ आश्विन २०७८, शुक्रबार


हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेकी छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार उनका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभाका सचिव कृष्णहरि खड्कालाई बुझाएका छन् ।

शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न सूचना गरेको उल्लेख गरेकी छन् ।

शाक्यले विश्वासको मत लिन प्रदेश सरकारले असोज २४ गते प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस