प्रधानमन्त्रीलाई चार मन्त्रीको नाम बुझायो जसपाले « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्रीलाई चार मन्त्रीको नाम बुझायो जसपाले


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् ।

राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउने स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस