प्रतितोला २०० ले बढ्यो सुनको मूल्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतितोला २०० ले बढ्यो सुनको मूल्य


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले बढेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार १५०मा कारोबार भएको छ जुन बिहीबार प्रतितोला ८९ हजार ९५० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ । चाँदी बिहीबार प्रतितोला एक हजार १७० मा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस