आजबाट सुरु प्रदेश १ को अधिवेशन,मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आजबाट सुरु प्रदेश १ को अधिवेशन,मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । आजबाट प्रदेश १ सरकारको अधिवेशन सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् ।

नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् ।

नेकपा एमालेका ५१ सांसदहरुमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद रहो छन् भने, काँग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपासहितको गठबन्धनमा ५० जना सांसद रहेका छन् ।

प्रदेशसभा ९२ जना सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस