बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री खाण मनाङमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री खाण मनाङमा


२१ आश्विन २०७८, बिहिबार


मनाङ । गृहमन्त्री बालकृष्ण खाणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्‍याएको क्षेत्रको बिहीबार अनुगनमन तथा निरीक्षण गरेका छन् ।

उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्‍याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका थिए । बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्‍याएको थियो ।

सो अवसरमा पूर्व श्रमराज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस