मन्त्रीको नाम टुङ्ग्याउन जसपाको बैठक जारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मन्त्रीको नाम टुङ्ग्याउन जसपाको बैठक जारी


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । सरकारमा पठाउने नामावली टुङ्गो लगाउन जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ ।

बिहान ८ बजेदेखि सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईको बैठक बसिरहेको स्रोतले बताएको छ ।

जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का भए पनि इस्तियाक राई र अम्रिता अग्रहरि मध्ये एक जना र अन्य एक जनाको नाम टुङ्गो लगाउन बाँकी रहेकाले शीर्ष नेताहरु छलफलमा जुटेका हुन ।

जसपाले मन्त्री छान्न शीर्ष तीन नेतालाई जिम्मेवारी दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस