दोस्रो डोजपछि मुटु सुन्निने समस्या देखिएपछि डेनमार्क र स्विडेनमा मोडर्ना खोप लगाउन रोक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोस्रो डोजपछि मुटु सुन्निने समस्या देखिएपछि डेनमार्क र स्विडेनमा मोडर्ना खोप लगाउन रोक


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ। डेनमार्क र स्विडेनले कम उमेरका युवायुवतीलाई कोरोना विरुद्धको मोडर्ना खोप रोक्ने भएका छन् ।

मुटु सुन्निने जस्तो विरलै देखिने साइट इफेक्ट देखिएको भन्दै ती देशहरुले कम उमेर समूहलाई खोप लगाउने क्रम रोक्ने बताएका हुन् ।

खोप लगाएका युवायुवतीहरु मध्ये केहीमा मुटु सुन्निने समस्या देखिएको भन्दै स्विडेनको स्वास्थ्य एजेन्सीले तत्कालका लागि २० वर्ष मुनिको समूहमा खोप अभियान रोक्ने जनाएको हो ।

खोपको दोस्रो मात्रा लगाएपछि त्यस्तो समस्या देखिएको तर समस्या ठुलो भने नभएको पनि बताइएको छ । उता, डेनमार्कले पनि १८ वर्ष भन्दा मुनिको समूहलाई पूर्व सतर्कता नअपनाई खोप नदिने बताएको छ ।

समस्या ज्यादै कम भए पनि मुटु सुन्निने समस्याको अनुसन्धान पूरा नभएसम्मका लागि सतर्कता अपनाउने डेनिस स्वास्थ्य मन्त्रालयले बताएको हो । मोडर्ना खोपको सट्टा फाइजर र बायोएनटेकको खोप लगाउने पनि ती देशहरुले बताएका छन् ।

यस्तै नर्वे र फिनल्यान्डले पनि ३० वर्ष मुनिको जनसंख्यालाई मोडर्नाको सट्टा अरु खोप लगाउने विकल्प दिने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस