पाकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा गएको भूकम्पबाट कम्तीमा २० जनाको मृत्यु भएको छ ।

आज एकाबिहानै गएकाले मृतक सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

क्वेटा सहरमा मानिसहरु भागाभाग गरेको दृश्य सामाजिक सञ्जालमा आएका छन् ।

प्रारम्भिक रिपोर्टमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको अनुमान गरिएको छ ।

क्वेटा सहरदेखि १७० किलोमिटर टाढा हरनाई भन्ने स्थानमा भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ ।

भूकम्पबाट भएको क्षति विस्तृत विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस