प्रदेश १ मा अढाइ करोडमा बनेको प्रदेशसभा भवनमा छैन शौचालय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ मा अढाइ करोडमा बनेको प्रदेशसभा भवनमा छैन शौचालय


२० आश्विन २०७८, बुधबार


विराटनगर । प्रदेश १ मा नवनिर्मित प्रदेशसभा भवनको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बीच मुख्यमन्त्री भीम आचार्यले दुई करोड ५९ लाख रुपैयाँको लागतमा निर्मित प्रदेशसभा भवनको उद्घाटन गरेका हुन् ।

नयाँ भवनमा प्रदेशसभाको दिउँदे अधिवेशन शुरु हुँदैछ । नवौं हिउँदे अधिवेशनका लागि असोज २२ गते बैठक आह्वान गरिएको छ ।

भवन निर्माणको ठेक्का स्वामी नारायण निर्माण सेवाले पाएको थियो । सम्झौताअनुसार निर्माण भएको भवनमा शौचालय भने छैन ।

भवनको छानो फाइबरको छ । फाइबरको छाना केही समयअघि परेको असिनाले फुटेको थियो ।

निर्माणमा दुई करोड ५९ लाख खर्च भएको भवनको आन्तरिक सजावट, फर्निचर र सजावटका लागि मात्रै ५० लाख ९७ हजार रुपैयाँ खर्च भएको छ ।

बैठक हलमा १६ लाख ४३ हजारको फर्निचर जडान गरिएको छ । बैठक हलमा साउण्ड सिस्टम जडान गर्दा १६ लाख ७७ हजार रुपैयाँ खर्च भएको छ। बैठक हलमा सबै टेबलमा माइक जडान गरिएको छ । आन्तरिक सजावटका लागि मात्रै १७ लाख ७६ हजार खर्च भएको छ । बैठक हलमा २० वटा एसी, ६० वटा पङ्खा पनि जडान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस