‘भ्रष्ट मुख्यमन्त्री’लाई नछाड्न भन्दै अख्तियार कार्यालय अगाडि सीके राउतका कार्यकर्ताको प्रदर्शन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘भ्रष्ट मुख्यमन्त्री’लाई नछाड्न भन्दै अख्तियार कार्यालय अगाडि सीके राउतका कार्यकर्ताको प्रदर्शन


२० आश्विन २०७८, बुधबार


जनकपुर । भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गरेका छन् ।

जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरबाट नारा जुलुश गर्दै महोत्तरीको बर्दिबास पुगेर अख्तियारको कार्यालय घेराउ गरेका हुन् । अख्तियार कार्यालय घेराउको क्रममा जनमत पार्टीका कार्यर्ताहरुले ‘भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतलाई छाड्नु हुँदैन, भ्रष्टाचारीमाथि मुद्दा दर्ता गर, मधेसी जनता के भन्छ– भ्रष्टाचारीलाई जेल दे भन्छ’ जस्ता नारा लगाएका छन् ।

भ्रष्टाचारसम्बन्धी फाइलहरु नियन्त्रणमा लिए पनि माथिको राजनीतिक दबाब भएको भन्दै मुद्दा दर्ता नगरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताइएको छ ।

मुख्यमन्त्री लालबाबु राउतसहित सबै भ्रष्टाचारीमाथि कारबाही गर्न अख्तियार बर्दिबास प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

‘बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री राउतलाई राजीनामा दिन चौतर्फी दबाब परेको छ ।

जनमत पार्टीले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस