इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति « प्रशासन
Logo १६ मंसिर २०७९, शुक्रबार
   

इच्छाराजसहित १२ जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति


२० आश्विन २०७८, बुधबार


काठमाडौँ। ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनामाथि अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङ, सिभिल सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ठगी आरोपमा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध सिभिल सहकारीका वचतकर्ताले ठगी उजुरी दिएका थिए ।

पक्राउ परेकाहरुलाई सीआईबीले बुधबार काठमाडौँ जिल्ला अदालत पेश गरेको थियो । उनीहरुमाथि अनुसन्धानका लागि अदालतले ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस