रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैङ्क « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रु २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैङ्क


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ ।

बैङ्क तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैङ्कले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

बैङ्किङ प्रणालीमा तरलताका समस्या देखिएमा बैङ्कले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैङ्क तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बैङ्कले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ ।

वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो आज बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

यसअघि बैङ्कले गत असोज १३ गते रु ३० अर्ब रिपोमार्फत बजारमा पठाएको थियो । तरलता अभावमा बैङ्क तथा वित्तीय संस्थाले रिपो, अन्तर बैङ्क सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस