अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान


२० आश्विन २०७८, बुधबार


कलैया । ६६ औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाराद्वारा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान गरियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे । यसैगरी उनले शान्तिसुरक्षा र सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध महत्वपूर्ण योगदान पुर्याएवापत विभिन्न दर्जाका २१ प्रहरीलाई कदरपत्रद्वारा सम्मान गरे ।

कार्यक्रममा बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले प्रहरी सङ्गठनमा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत र जवानलाई पुरुस्कृत गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

सो अवसरमा प्रजिअ कटुवालले शान्ति सुरक्षा र अपराध नियन्त्रण एवं अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको महत्वपूर्ण रहेको उल्लेख गर्दै जनतालाई सामाजिक न्याय दिलाउने प्रारम्भिक थलोको रुपमा प्रहरी सङ्गठन अब्बल छ भने । आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई आग्रह गर्दै उनले भने, ‘प्रहरी सङ्गठन स्वच्छ र पारदर्शी हुनुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस