ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिइँदै


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । ललितपुरमा आज (बुधबार) देखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोप लगाइने जनाएको हो ।

चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै खोप लगाउन थालिएको हो ।

खोपका लागि आफूलाई पायक पर्ने पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाडौँले महानगरपालिकाले भने गत सातादेखि नै १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस