प्रथम महिला प्रहरी चैतमाया डंगोल लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रथम महिला प्रहरी चैतमाया डंगोल लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ६६औँ प्रहरी दिवसका अवसरमा आज (बुधबार) डंगोललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

विक्रम संवत् २००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गरेकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक पदबाट अवकाश लिएकी थिइन् ।

उनले नेपाल प्रहरीमा ३१ वर्ष ७ महिना २२ दिन सेवा गरेकी थिइन् । उनी अहिले ८९ वर्ष पुगेकी छिन् ।

यसअघि अवकाशप्राप्त पूर्व महानिरीक्षक र वरिष्ठ अधिकारीहरूलाई यस अवार्ड दिइँदै आइए पनि यस पटक भने अवकाशप्राप्त सहायक निरीक्षकलाई दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस