कपिलवस्तुमा झाडाबान्ताका बिरामी बढ्दै, बिरामीहरूलाई अन्यत्र पठाइँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कपिलवस्तुमा झाडाबान्ताका बिरामी बढ्दै, बिरामीहरूलाई अन्यत्र पठाइँदै


२० आश्विन २०७८, बुधबार


कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडाबान्ताका बिरामीको संख्या बढ्दै गएको छ ।

गत सोमवारदेखि फैलिएको झाडाबान्ताका बिरामी बढ्दै गएपछि बिरामीको उपचार गर्न कठिन भएको छ ।

प्रादेशिक अस्पताल बुटवलबाट दुई जना चिकित्सक मंगलवार राती शिवराज अस्पताल पुगेर बिरामीहरूको परीक्षण तीव्र बनाए पनि रोग नियन्त्रण गर्न हम्मे हम्मे भएको हो ।

एक सय ५० भन्दा बढी बिरामी शिवराज अस्पतालमा उपचार गराउन आएकोमा ३५ जनालाई प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको शिवराज अस्पताल प्रशासनले जनाएको छ ।

यस्तै निजी क्लिनिकहरूमा पनि सयौँको संख्यामा उपचार भइरहेको छ । झाडा बान्ताबाट कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस