हिन्दी धार्मिक सिरियल ‘रामायण’ मा रावण बनेका अरविन्द त्रिवेदीको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हिन्दी धार्मिक सिरियल ‘रामायण’ मा रावण बनेका अरविन्द त्रिवेदीको निधन


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । हिन्दी धार्मिक सिरियल “रामायण” मा रावणको भूमिका निभाएका सशक्त अभिनेता अरविन्द त्रिवेदीको ८२ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका त्रिवेदीको गए राती मुम्बइमा हृदयघातबाट निधन भएको हो । मध्य प्रदेशको उज्जैनमा जन्मिएका त्रिवेदीले भारतीय फिल्म तथा रङ्गमञ्चमा ४० वर्ष भन्दा लामो समय सेवा गरे ।

हिन्दी फिल्म तथा अन्य सिरियलहरुमा पनि जोडदार अभिनय गरेका त्रिवेदीको रावणको भूमिका भने अतुलनीय रहेको छ । उनको आज मुम्बइको दाहनुकरबारी घाटमा अन्तिम संस्कार गरिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस