विदेशमा ऋण लिनेले नेपाली बैङ्कको ग्यारेन्टी पाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विदेशमा ऋण लिनेले नेपाली बैङ्कको ग्यारेन्टी पाउने


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन सहज भएको छ ।

नेपाल राष्ट्र बैङ्कले हिजो (मंगलबार) एक सूचनामार्फत विदेशमा समेत ऋण लिन चाहनेलाई नेपाली बैङ्कले पनि ग्यारेन्टी जारी गर्न पाउने व्यवस्था गरेको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।

सो व्यवस्थाले नेपाली फर्म तथा कम्पनीलाई थप सहज हुने भएको छ । नेपाली बैङ्कले ग्यारेन्टी बसेर ऋण लिन पाउने भएपछि विदेशी मुद्रा भित्र्याउन सहज भएको हो ।

केन्द्रीय बैङ्कले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ । बैङ्क ग्यारेन्टी वा ‘स्ट्याण्डवाइ लेटर अफ क्रेडिट’को अधिकतम सीमासमेत तोकेको छ ।

त्यस्तो सटही सुविधा लिएपछि विदेशमा भएको कारोबारबाट विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस