बाजुरा काँग्रेसको अधिवेशनमा झडप हुँदा एक जना प्रहरी घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाजुरा काँग्रेसको अधिवेशनमा झडप हुँदा एक जना प्रहरी घाइते


२० आश्विन २०७८, बुधबार


सुदूरपश्चिम । नेपाली काँग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा हिजो (मंगलबार) भएको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ ।

जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र काँग्रेस कार्यकर्ताबिच झडप भएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताए । घाइते प्रहरीको अवस्था सामान्य छ ।

वीरेन्द्र गिरीसहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजै राति ११ बजेबाट मतगणना गर्ने तयारी गरिएकोमा झडपपछि मतगणनाको काम अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिए ।

काँग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ । जिल्ला अधिवेशनमा काँग्रेसका एक हजार २१२ मतदाता रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस