जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य सम्पन्न « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य सम्पन्न


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको छ ।

राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभागबाट खटिएका सुपरीवेक्षकले सो कार्य पूरा गरेको र छुट भएका घर परिवार भएमा विभागको शुल्क नलाग्ने नम्बर ११७८ मा फोन गरेर जानकारी दिन सकिने विभागले जनाएको छ ।

सूचीकरणको विवरण विभागको वेबसाइटमा समावेश गरिएको छ । आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणनाको मूल गणना हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस