न्याय सम्पादनमा अवरोध र फैसला नमानेमात्रै अवहेलनाः सर्वोच्च « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

न्याय सम्पादनमा अवरोध र फैसला नमानेमात्रै अवहेलनाः सर्वोच्च


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले न्यायसम्पादमा अवरोध भएमा वा अदालतको आदेश र फैसलाको अवज्ञा भएको अवस्थामा बाहेक अदालतको अवज्ञा आरोप स्थापित नहुने भनी विधिशास्त्रीय मान्यता स्थापित गरेको छ ।

सर्वोच्चको सात सदस्यीय वृहत पूर्ण इजलासले तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रको विषयमा डा। गोविन्द केसीले दिएको अभिव्यक्ति जोडिएको मुद्दामा अदालतको अवहेलना नहुने ठहर गरेको हो ।

मंगलबार प्रकाशित उक्त मुद्दाको फैसलाको पूर्णपाठमा केसीको अभिव्यक्ति अशोभनीय भएपनि स्वच्छ सुनुवाइको प्रक्रिया अनुशरण नगरिएकाले अवहेलना ठहर हुन नसक्ने फैसला गरेको हो ।

गोपाल पराजुलीको प्रमाणपत्रको हकमा भने कान्तिपुर दैनिकका प्रकाशकदेखि संवाददातासम्मलाई अवहेलनामा कारवाही गर्न नमिल्ने फैसला गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस