दशैंको चहल पहल बढेसँगै पेट्रोलियम पदार्थको खपत बढ्याे: आयल निगम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दशैंको चहल पहल बढेसँगै पेट्रोलियम पदार्थको खपत बढ्याे: आयल निगम


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । देशैभर दशैंको चहलपहल बढेसँगै पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको नेपाल आयल निगमले जनाएको छ ।

देशभर डिजेलको खपत दैनिक १२ लाख लिटरले बढेको बताइएको छ । यस्तै पेट्रोलको खपत सामान्य अवस्थामा भन्दा दैनिक ६ लाख लिटरले वृद्धि भएको पनि बताइएको छ ।

सामान्य अवस्थामा दैनिक देशभर ४० लाख लिटर डिजेल खपत हुने गरेकोमा अहिले यस्तो खपत ५२ लाख पुगेको छ । यस्तै १९ लाख लिटर दैनिक खपत रहेको पेट्रोलको माग पनि २५ लाख लिटर पुगेको छ ।

देशकै ठूलो सहर काठमाडौंमा पनि डिजेल तथा पेट्रोलको खपत दैनिक दुई लाख लिटर हाराहारीले बढेको थानकोटस्थित निगमको बागमती प्रादेशिक कार्यालयले जनाएको छ । सामान्य दिनहरुमा दैनिक ७ लाख लिटर डिजेलको खपत हुने उपत्यकामा अहिले उक्त खपत ९ लाख हाराहारीमा पुगेको बताइएको छ।

यस्तै पेट्रोलको दैनिक खपत पनि झण्डै दुई लाख लिटर प्रतिदिनले बढेको छ । दैनिक औसत ६ लाख ५० हजार लिटर खपत हुने पेट्रोलको माग अहिले ८ देखि ८ लाख ५० हजारसम्म पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस