जुम्लामा भेडागोठमा आगलागी हुँदा २५ पाठा जले « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जुम्लामा भेडागोठमा आगलागी हुँदा २५ पाठा जले


१९ आश्विन २०७८, मंगलबार


खलंगा । जुम्लाको हिमा गाउँपालिका(२ स्थित भेडागोठमा आगलागी हुँदा २५ भेडाका पाठा जलेर मरेका छन् । सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा जलेर मरेको स्थानीयवासी वीरबहादुर शाहीले जानकारी दिए ।

आगलागीबाट लत्ताकपडा र भाँडकुँडा पनि जलेर नष्ट भएको उनले बताए ।
चार हजार मिटर उचाइमा रहेको उक्त गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस