संसदमा नेकपा एमालेको नाराबाजी : कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसदमा नेकपा एमालेको नाराबाजी : कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा संसदमा नाराबाजी गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको वेल घेराउ गर्दै एमाले सांसदहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भनी नाराबाजी गरे ।

प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरोध गरेको छ । बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेरेर नाराबाजी गरेका थिए ।

एमाले सांसदको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६ र ७७ प्रतिनिधिसभा बैठकमा पेस गर्न अनुमति दिए ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रतिवेदन प्रस्तुत गरेपछि बैठक असोज २२ गतेसम्मका लागि स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस