मोरङको बूढीगंगामा एक पुरुष मृत फेला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मोरङको बूढीगंगामा एक पुरुष मृत फेला


१९ आश्विन २०७८, मंगलबार


विराटनगर । मोरङको बूढीगंगामा आज (मंगलबार) एक पुरुष मृत फेला परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बूढीगंगा गाउँपालिका-५ का ३५ वर्षीय चन्देश्वर शर्मा मृत फेला परेका हुन् ।

घरनजिकको सडकको छेउमा रहेको नालीको पानीभित्र अनुहार डुबेको अवस्थामा शर्मालाई मृत फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको छ।

डीएसपी श्रेष्ठले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताए । मृतकको शरीरमा चोटपटक देखिएको छ । तर मृत्युको कारण यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस