महाधिवेशन पछि आन्दोलन गर्छौँ : अध्यक्ष थापा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महाधिवेशन पछि आन्दोलन गर्छौँ : अध्यक्ष थापा


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने बताएका छन् ।

पार्टीले बोकेको हिन्दु राष्ट्र लगायतका एजेन्डा स्थापित गराउन आन्दोलनमा होमिने उनको भनाइ थियो ।

आज (मंगलबार) झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताका कारण मुलुक सङ्कटग्रस्त भएको दाबी गर्दै भ्रष्टाचारले देशलाई थला पारेको टिप्पणी गरे ।

धर्म परिवर्तन, बेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्बादितर्फ धकेलिने थापाको टिप्पणी थियो ।

केन्द्रमा पार्टी एकता पछि तल्लो तहसम्म एकताको सन्देश पुर्‍याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र ऊर्जा दिनको निमित्त सक्रियता र गतिशीलता जरुरी भएको बिचार व्यक्त गरे ।

पार्टी सञ्चालनका क्रममा केही त्रुटि र कमजोरी भएको स्विकार्दै थापाले आगामी दिनमा विगतका कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा पार्टीका नेताहरु राजेन्द्र लिङ्देन, राम थापा लगायतको उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष केशब ओझाले जिल्लाको साङ्गठनिक अवस्था बारे जानकारी गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस