ट्राभल्स एजेन्सीको लापरबाहीका कारण गौरीफन्टा नाकामा भारतबाट आएका यात्रु अलपत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्राभल्स एजेन्सीको लापरबाहीका कारण गौरीफन्टा नाकामा भारतबाट आएका यात्रु अलपत्र


१९ आश्विन २०७८, मंगलबार


कैलाली । कैलालीसँग जोडिएको पश्चिमी सीमा नाका त्रिनगर–गौरीफन्टामा भारतबाट आइपुगेका यात्रु अलपत्र परेका छन् । भारतका विभिन्न सहरबाट नाकामा पुगेका सुदूरपश्चिमेली सहितका नेपाली अलपत्र परेका हुन ।

गन्तव्यसम्म पुर्‍याउने भन्दै भाडा लिएका ट्राभल्स एजेन्सीले गौरीफन्टासम्म मात्रै पुर्‍याएपछि नेपाली अलपत्र परेका हुन ।

दीपायलसम्म पुर्‍याउने भन्दै दुई हजार ५ सय भारतीय रुपैयाँ भाडा लिएको ट्राभल्स एजेन्सीले नाकामै छोडेको डोटीको बोगटान फुड्सिल गाउँपालिकाका गज्जु बोहराले बताए । उनीसँग मात्रै भारतबाट ८० जना भन्दा बढी यात्रु नेपाल आएका थिए ।

यता ट्राभल्स एजेन्सीले बाटोमा भएको बढी खर्चका कारण यात्रुहरुलाई गन्तव्यसम्म पुर्‍याउन नसकेको दाबी गरेको छ । ट्राभल्स एजेन्सीका प्रतिनिधि शेरबहादुर महराले बाटोमा बढी खर्च भएका कारण नाकामा मात्रै पुर्‍याएको बताए ।

भारतीय प्रहरी लगायतकालाई पैसा दिँदा खर्च बढी भएको बताउँदै उनले भारतबाट आएका यात्रुलाई गन्तव्य सम्म पुर्‍याउन नसकिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस