प्रधानन्यायाधीश जबराले बोलाए ‘फुलकोर्ट’ को बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानन्यायाधीश जबराले बोलाए ‘फुलकोर्ट’ को बैठक


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठक आज (मंगलबार) दिउँसो १ बजेपछि बस्नेछ ।

दसैँ बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेन्डामाथि छलफल हुने प्रवक्ता दाहालले जानकारी दिए ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैँ बिदा हुन्छ तर, बन्दी प्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिँदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस