जिल्ला प्रशासन सर्लाहीमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जिल्ला प्रशासन सर्लाहीमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती


१९ आश्विन २०७८, मंगलबार


सर्लाही । सर्लाही जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको घुइँचोले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको छ ।

जिल्लाका २० मध्ये १६ वटा स्थानीय तहका बासिन्दालाई एकै ठाउँबाट सेवा प्रवाह गर्दा चाप बढेको हो ।

कर्मचारी अभाव र फितलो व्यवस्थापनका कारण सेवाग्राहीले नागरिकता नलिई रित्तो हात फर्किनु परेको गुनासो गरेका छन् ।

कार्यालयले नागरिकता र राहदानी बनाउन स्थानीय तह अनुसार आलोपालो प्रणाली लागु गरेको छ ।

आलोपालो लगाउँदा एउटा स्थानीय तहको १५ दिनपछि मात्रै पालो आउँछ । पालो परेको दिनमा पनि थेगि नसक्नु घुइँचो हुने गरेको छ ।

उता, कोरोना संक्रमणका कारण बिचमा केही महिना सेवा प्रवाह बन्द भएकाले अहिले एकै पटक सेवाग्राहीको घुइँचो बढ्न गएको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस