‘रिफ्रेसमेन्ट’का लागि राष्ट्रपति भण्डारी चन्द्रागिरिमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘रिफ्रेसमेन्ट’का लागि राष्ट्रपति भण्डारी चन्द्रागिरिमा


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (सोमबार) को रात चन्द्रागिरिस्थित रिसोर्टमा बिताएकी छन्।

रिफ्रेस हुनका लागि उनी हिजो (सोमबार) चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको स्रोतले जनाएको छ।

सोमबार राति चन्द्रागिरिमै बसेको र आज शीतल निवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।

औपचारिक कार्यक्रम नभएकाले केही सहयोगीका साथ राष्ट्रपति भण्डारी चन्द्रागिरि पुगेकी थिइन्।

पछिल्लो समय नेकपा एमाले विभाजन हुनुअघि माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरिको रिसोर्टमा गएर बसेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस