बबईमा नदीमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बबईमा नदीमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता


१९ आश्विन २०७८, मंगलबार


ढल

बर्दिया । बर्दियाको बबई नदीमा डुबेर हिजो (सोमबार) एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।

बागलुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

बेपत्ता पौडेलको खोजी गर्न बबई नदी तटीय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । उनको खोजीमा नदी तटीय क्षेत्रका बासिन्दा समेत जुटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस