बिजुलीको बक्यौता बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

बिजुलीको बक्यौता बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । बिजुलीको बक्यौता रकम बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा बढेको छ ।

वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार अफगानिस्तानको बिजुली आपूर्ति कम्पनीको करोडौँ बक्यौता रकम बुझाउन बाँकी रहेको र तालिबानले रकम बुझाउन नसक्ने जनाएपछि काबुल सहित पुरै अफगानिस्तान अँध्यारोको चपेटामा पर्ने भएको छ ।

अफगानिस्तानले हाल उज्वेकिस्तान, ताजिकिस्तान लगायत छिमेकी देशहरुबाट आयात भइरहेको बिजुलीको करोडौँको बक्यौता रकम बुझाउन बाँकी रहेकाले रकम भुक्तानीको ताकेता गर्दा तालिबान सरकारले नमानेपछि ती देशहरुले बिजुली आपूर्ति बन्द गर्ने चेतावनी दिइरहेका छन् ।

अफगानिस्तानमा खडेरीका कारण घरेलु बिजुली उत्पादन गर्न सम्भव छैन । यता संयुक्त राष्ट्रसङ्घ तथा युरोपेली सङ्घले अफगानिस्तानको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गर्दै अफगानिस्तान विश्वको सबैभन्दा गरिब देशमा सुचीकृत हुने सम्भावना बढेको बताएको छ ।

अफगानिस्तानमा हाल मानवीय, आर्थिक र सामाजिक सङ्कटको खतरा बढेको भन्दै तालिबानको ज्यादती तत्काल रोक्न माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस