सिभिल बैङ्कका अध्यक्ष इच्छाराज तामाङ पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिभिल बैङ्कका अध्यक्ष इच्छाराज तामाङ पक्राउ


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । सिभिल बैङ्कका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा पूर्व सांसदसमेत रहेका तामाङलाई सोमबार पक्राउ गरेको हो ।

तत्कालीन सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुुन्धाराबाट पक्राउ गरिएको हो ।

सिआइबीका एक अधिकारीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस