राजश्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक पौडेलद्वारा पदभार ग्रहण « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

राजश्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक पौडेलद्वारा पदभार ग्रहण


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । राजश्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक प्रकाश पौडेलले पदभार ग्रहण गरेका छन् । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट केही दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका पौडेलले सोमबार विभागमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले विक्रम सम्मत २०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको विभाग पछि २०५० सालमा राजस्व चुहावट नियन्त्रण गर्न एक विशिष्टीकृत निकायको रूपमा राजस्व अनुसन्धान विभाग भएको थियो ।

२०७४ फागुन १३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार हाल यो विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहँदै आएको छ ।

प्रारम्भमा कर राजस्व चुहावट सम्बन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार पाएको विभागले आर्थिक वर्ष २०६५-०६६ देखि गैर कर राजस्व चुहावट सम्बन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार समेत प्राप्त गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस