परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटबार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटबार्ता


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र परराष्ट्र मन्त्री डा. नारायण खड्काबीच भेटबार्ता भएको छ। आज (सोमबार) साँझ राजदूत बेरीले परराष्ट्र मन्त्री डा खड्कासँग भेट गरेका हुन्।

उनले परराष्ट्र मन्त्री खड्कादलाई नयाँ जिम्मेवारीको लागि बधाइ दिनुका साथै नेपाल र अमेरिका बिचको बलियो तथा सुमधुर मित्रताको लागि प्रतिवद्धता व्यक्त गरे।

भेटमा विश्वका लोकतन्त्रहरूको संरक्षण तथा दुवै देशलाई अत्यन्तै प्रभावित गरेको जलवायु परिवर्तन लगायत द्वीपक्षीय चासोका विविध विषयमा कुराकानी भएको थियो। राजदूत बेरीले नेपाल-अमेरिका सम्बन्धको यो महत्वपूर्ण घडीमा नवनियुक्त मन्त्रीसँग मिलेर काम गर्न उत्सुक रहेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस