ओरालो लाग्यो नेप्से परिसूचक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ओरालो लाग्यो नेप्से परिसूचक


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । साताको पहिलो दिन उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि घटेको छ । अघिल्लो साता पनि एक दिन बाहेक सबै कारोबार दिन नेप्से परिसूचक ओरालो लागेको थियो ।

सोमबार नेप्से परिसूचक ६.६८ प्रतिशतले घटेर २ हजार ५ सय ७०.८१ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ यन्डेक्स पनि १.२८ प्रतिशतले घटेको छ ।

कारोबार रकममा पनि गिरावट आएको छ । कारोबार रकम ४ अर्ब पनि पुग्न सकेन । ४८ हजार २३६ वटा कारोबार हुँदा ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँमा रोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस